A Nepali passion for cricket

For Those who love Nepalese Cricket

Archive for July 28th, 2007

मेरो कोरियाली जिवनका केही क्षणहरु

Posted by Prabin the सोभित on Saturday, July 28, 2007

आज शुक्रवार रहेछ । हेर्दाहेर्दै समय पनि कति छिटो बित्दो रहेछ,  ल हेर हिजो मात्र एउटा आइतबार गए जस्तो लाग्थ्यो फेरी अर्को आइतबार आउन लागेछ । खै यसरी नै कति समय बिते बिते । यहाँ कामको व्यस्तताले गर्दा होला समय पनि अचाक्ली छिटो जादों रहेछ ।
हेर कोरिया पसेको पनि पाँच वर्ष भएछ अर्थात थप पाँच वर्ष आयु कम । मानिसको जीवनमा एक पल्ट आउने अमूल्य युवा अवस्थाको पाँच वर्ष यहाँ कोरियामा बिताए पनि यस अवधि बिचमा मेरा जिवनका अनेकन् अविष्मरणिय घटनाहरु घटेका छन् । केही सुखदायक केही दुखदायक, जे भए पनि यसले मलाई भविष्यका लागि पाठ पढाएको छ । मैले आफ्नो देशमा रहदा अनुभव गर्न नपाएको आत्मविश्वास यहाँ आइकन पाएको छु जो म सगर्व भन्नसक्छु । यही आत्मविश्वासको कमीले गर्दा देशमा थालेको आफ्नो व्यवसायमा सफल हुन सकिएन, दुख त सके सम्म गरेकै थिएँ जस्तो लाग्छ त्यसले मात्र पनि पुग्दो रहेनछ । यहाँ आइकन दुख भएपनि काम अनुसारको दाम पाइने हुदाँ सन्तुष्ट नै छु ।
यहाँ आएर केही कमाउन सकेको हुदा घरलाई सहयोग गर्न सकेकोमा थप आत्मसंतुष्टी मिलेको छ र कसैलाई गार्हो सार्हो पर्दा पछि पर्न परेको छैन । यो मेरो सुखद पक्ष भए पनि मैले एक दुर्घटना कारण बिताउनु परेको अस्पतालका ती चालिस दिनहरु मेरा लागि मेरो जीवनकै दुखद क्षण मान्दछु । परदेशमा एक्लै ‌औषधोपचार गर्नु कति गार्हो हुदोरहेछ एकदम नजिकबाट अनुभव गर्न पाएँ । चोटको असैह्य पीडा बिच यो एक्लो जीवन अनि कोरियन अस्पतालको त्यो शैया । त्यस बेला मैले कोरियन पनि त्यति बोल्न जानेको थिइन, जसको कारण आफ्नो पीडा कसैलाई सही रुपमा भन्न नसक्दा कति चोटि त अर्थको अनर्थ पनि लाग्थ्यो । तर दुखमा भगवानले सहारा दिन्छन् भने झै एक कोरियन महिला( आजुम्मा), जो श्रीमान् बिरामी परेर मेरो अघिल्तिरको शैयामा आएकी थिइन्, मेरो सहयोगको लागि भगवान झै प्रकट    भइन् । तब मात्र मैले मेरो पीडा भुल्दै जान थालें र यसै चालिस दिनहरुका अवधि बिच मैले उनै आजुम्मा मार्फत कोरियन भाषा पनि सिक्न पाएँ ।
यिनै हुन मेरा अनुभव कोरियाली जीवनका छोटकरीमा ।
अब एक वर्ष अरु यहाँ बस्छु जस्तो लाग्छ हेरौं के हुन्छ ।
इति श्रि शुभम् ।

Posted in मेरो सम्बन्धमा | Leave a Comment »