मैदान र अभ्यास कमीका कारण नेपाल पराजित : पाण्डे
Posted by Prabin the सोभित on Wednesday, March 5, 2008
बालमुकुन्द नेपाल नयाँ पत्रिका, काठमाडौं
2008-03-04, Tuesday, २० फागुन
आइसिसी यू- १९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले गरेको प्रदर्शन सन्तोषजनक रहेको प्रतिक्रिया क्रिकेट संघका अध्यक्ष विनयराज पाण्डेले दिएका छन् । यू- १९ विश्वकप क्रिकेट प्रतियोगिताको अघिल्लो संस्करणमा नेपाल प्लेट च्याम्पियन भएको थियो । तर, हालै सम्पन्न प्रतियोगितामा नेपाल प्लेट उपविजेता मात्र बन्न सक्यो ।
‘वेस्टइन्डिजजस्तो बलियो टोलीसँग पराजित भई उपविजेता हुँदा नेपालको स्तर खस्केको मान्नुहुन्न,’ पाण्डेले नयाँ पत्रिकासँग भने, ‘यसअघि समूह चरणमा श्रीलंका र अस्ट्रेलियाजस्तो टोलीसँग गरेको चुनौतीपूर्ण प्रदर्शनलाई सकारात्मक रूपमा लिनुपर्छ ।’ अघिल्लोपटकको प्लेट विजेता र यसपटक उपविजेता मात्र भएकोलाई तुलना गरेर हेर्न नहुने पनि पाण्डेको कथन छ । ’नेपाली टोलीले खेलेको ‘टफ म्याच’को सराहना गर्नुपर्छ, श्रीलंका र अस्ट्रेलियाविरुद्धको ‘क्रुसियल’ म्याचमा पनि नेपाली टोलीले ‘फाइटिङ स्पिरिट’ देखाएको थियो,’ टोलीको प्रदर्शनमा गर्व गर्दै पाण्डेले थपे, ‘यसअघि नहराएको टेस्ट खेल्ने मुलुक जिम्बाबेलाई पनि त टोलीले पराजित गर्यो नि !’ यद्यपि, उनले नेपालको ब्याटिङस्तर नसुध्रेको भने स्विकारे । ‘ब्याटिङमा ‘कि प्लेयर’ ज्ञानेन्द्र मल्ल थिए, तर उनी जम्न सकेनन्,’ सकारात्मक विचार राख्दै पाण्डे भन्छन् ।
उमेर समूहमा आफ्नो छुट्टै छवि बनाए पनि कमजोर ब्याटिङले नेपाललाई अझ अगाडि बढ्न रोकिरहेको छ । राम्रो विकेट भएको क्रिकेट मैदान नहुँदा नेपालले ब्याटिङमा सुधार गर्न नसकेको पाण्डेको विचार छ । यसअघि नेपाली टोलीका श्रीलंकाली प्रशिक्षक रोय डायसले क्रिकेटसम्बन्धी एक वेबसाइटसँगको अन्तर्वार्तामा मैदान नहुँदा नेपाली खेलाडी पछि परेको बताएका थिए । ‘क्रिकेटका अधिकांश खेलाडी उपत्यकाबाहिरका छन् तर, उपत्यकाबाहिर नै क्रिकेट मैदानको अभाव छ,’ पाण्डेले भने, ‘बाहिर ‘म्याटिङ’ विकेटमा खेलिरहेका खेलाडीलाई ‘ग्रास’ विकेटमा खेल्न कठिन हुने गर्दछ ।’ ‘म्याटिङ’ विकेटमा बल अलि फास्ट हुने गर्दछ भने त्यसको तुलनामा ‘ग्रास’मा केही कम । उनले विराटनगर, पोखरा, नेपालगन्जलगायतका स्थानमा रहेका क्रिकेट मैदान पूर्णरूपमा सञ्चालनमा आएपछि त्यसमा केही सुधार आउने बताए । अन्तर्राष्ट्रिय ‘एक्सापोजर’ र म्याच अनुभवका लागि श्रीलंका, भारत, पाकिस्तान र बंगलादेशका क्रिकेट संघसँग मैत्रीपूर्ण खेलका लागि कुरा भइरहेको पनि उनले जानकारी दिए ।
‘बंगलादेशको U19 वा ‘ए’ श्रेणीको टोलीसँगको खेलबाट हाम्रा खेलाडीलाई म्याच अनुभव दिलाउने तयारी अन्तिम चरणमा पुगेको छ,’ पाण्डेले भने, ‘नेपाललाई खेलका लागि उपयुक्त हुने समय मिलाउन तीन वर्षको आफ्नो क्यालेन्डर नै हामीलाई पठाएका छन्, एक-दुई दिनमै उपयुक्त मिति तय गरेर क्यानले बंगलादेशलाई पठाउँदै छ ।’ नेपालजस्तै ‘नन टेस्ट प्लेइङ’ मुलुकको सहभागितामा त्रिकोणात्मक शृंखला सञ्चालनका लागि रोय डायसको माध्यमबाट श्रीलंकामा प्रस्ताव पठाएको पनि पाण्डेले बताए । श्रीलंका क्रिकेट बोर्डका अध्यक्ष नै एसियाली क्रिकेट बोर्डमा समेत रहेकाले डायसको माध्यमबाट क्रिकेट संघले प्रस्ताव पठाएको हो । यसै महिना पाकिस्तानको लाहोरमा हुने डेभलपमेन्ट कमिटीको बैठकमा नेपाली टोलीसँग मैत्रीपूर्ण खेलका लागि पाकिस्तान क्रिकेट बोर्ड र एकेडेमीलाई पनि अनुरोध गरिने तयारी भइरहेको उनले जनाए ।


ICC Youth World Cup 2006 Plate Champion
ACC U19 Cup Champion 2001, 03, 05, 07
ACC U17 Cup Champion 2009
ACC U15 Cup Champion 2006
ACC U19 Cup 2008 Winning Ladies Team
ACC Women Cup, Runner up Team
ICC Award Winner Photo
Mahboob Alam gets THE RECORD BALL
ICC Emerging Player From Associate Team 2007
ICC Emerging Player From Associate Team 2007
Blind Cricket in NEPAL
Cricket in NEPAL
OUR Inl't GROUND