राजेन्द्र ज्ञवाली (कान्तिपुर, 2008-03-12)
काठमाडौं, फागुन २८ - नेपाल क्रिकेट संघ (CAN) ले क्रिकेट विकासका लागि दक्षिण एसियाली राष्ट्रहरूसँग मिलेर विशेष कार्यक्रम थालनी गर्ने भएको छ । त्यसअनुसार नेपालका उमेर समूह र राष्ट्रिय टिमले दक्षिण एसियाली मुलुकको भ्रमण गर्नुका साथै त्यहाँका टिमलाई निम्त्याउनेछ । ‘तीन वर्षम्मका लागि बंगलादेशसँग यो सुरु भइसकेको छ भने अन्य मुलुकसँगको वार्ता पनि अन्तिम टुंगो छ,’ क्यान अध्यक्ष विनयराज पाण्डेले मंगलबार भने।
उनले त्यही कार्यक्रमअनुसार मलेसियामा सम्पन्न युवा विश्वकपअघि नेपाली यू १९ टोलीले बंगलादेश भ्रमण गरेको बताए । ‘त्यही अनुरूप बंगलादेशले पनि आफ्नो युवा टिमलाई निकट भविष्यमै पठाउनेछ ।’
नेपाल विश्वकप क्रिकेटका लागि हुने छनोट खेलको तयारीमा लागेको हुनाले वरिष्ठ खेलाडी सम्मिलित टिम पठाउन अनुरोध गरिएको उनले बताए । कार्यक्रममा नेपालले १७ र १९ वर्षुनिका खेलाडी सम्मिलित टिम साथै राष्ट्रिय टोलीलाई सहभागी गराउनेछ । बंगलादेशले राष्ट्रिय टोलीका स्थानमा ‘ए’ टिम पठाउने पनि पाण्डेले बताए ।
‘टिम पठाउनेबारे बंगलादेशले एक दुइ दिनमै निर्णय गर्नेछ,’ उनले भने । उता त्यस्तै किसिमको कार्यक्रमबारे श्रीलंकासँग पनि भएको सहमति अन्तिम टुंगोमा पुग्न लागेको उनले बताए । श्रीलंका तयार भए बंगलादेशलाई पनि सम्मिलित गर्राई त्रिकोणीय प्रतियोगिता आयोजना गरिने सम्भावना रहेको उनले बताए ।
‘श्रीलंका बोर्ड पनि यस सम्बन्धमा निकै सकारात्मक देखिएको छ,’ पाण्डेले भने । पाकिस्तानसँग वाषिर्क तालिकाअनुसारको कार्यक्रमबारे छलफल भइरहेको जानकारी उनले गराए । ‘यस सम्बन्धमा अन्तिम टुंगो पाकिस्तानमा हुने बैठकमा गरिनेछ,’ मार्च १९ मा पाकिस्तान जाने तयारी गरेका पाण्डेले भने ।
त्यस्तै भारतको हकमा नेपालले त्यहाँका क्षेत्रीय टिमहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्ने उनले बताए । ‘भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) निकै ठूलो एवं व्यस्त संस्था भएको एवं भारतका क्षेत्रीयस्तरका टिमको स्तर पनि राम्रो भएकाले नेपालका लागि तीनै टिमसँग हातेमालो गर्दै गए राम्रो हुने सुझाव आएको छ ।’
निकट भविष्यमा नै भारतीय क्रिकेट अधिकारीहरूलाई भेट्ने कार्यक्रम रहेको बताउदै पाण्डेले भने । बंगलादेशसँगको भ्रमण आदानप्रदानमा जाने आउने खर्च टिमले आफैं बेहोर्ने र बस्नेखाने जिम्मा आयोजक संस्थाले लिने सहमति भएको उनले बताए ।
नेपाली टिम बंगलादेश जाँदा प्रत्येक खेलाडीलाई त्यहाँको बोर्डले दैनिक २५ अमेरिकी डलर उपलब्ध गराएको बताउँ उनले भने, ‘क्यान त्यो खर्च बेहोर्ने स्थितिमा नभएकाले नेपाल आउँदा पनि त्यो जिम्मेवारी उनीहरूलाई लिन अनुरोध गरेका छौं ।’ यो कार्यक्रमले नेपाली क्रिकेटको विकासमा ठूलो सहयोग पुर्याउने पाण्डेले बताए ।
‘यसबाट नेपालका उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म सक्रिय हुनेछन् ।’ नियमित हुने प्रतियोगिताले नेपाली क्रिकेटको स्तर वृद्धि हुनुका साथै खेलले पनि व्यापकता पाउने बताउँदै उनले भने । उता यो कार्यक्रम नेपाली क्रिकेट विकासमा कोसेढुङ्गो सावित हुने विश्वास पूर्वकप्तान एवं क्यान सदस्य पवन अग्रवालले व्यक्त गरे । ‘नियमित रूपमा अन्तर्रराष्ट्रिय टिमसँग हुने खेलले नेपाली क्रिकेटले कमीकमजोरीलाई केलाउँदै त्यसको निराकरण गर्ने अवसर पाउनेछ,’ अग्रवालले भने ।

ACC Champion in U19 In 2007
Plate Champion in U19 WordCup2006
Nepalese Women with SilverCup
Record "Perfect 10" Ball for MAHBOOB ALAM
Captain Binod, Mehboob, Paresh
Mr. Pillar Shakti Gauchan
Sharad N Gyanendra
Kanishka with U19 ACC Trophy in 2005
Sameer Bowls for his best figure 7.3-0-16-6
Blind Cricket in NEPAL
Who r going 2 play in WC, Pakistan
ACC U19 Champion 2007
Nepalese Women play-in-Progess
CRICKET in Himalayan
TU International Cricket Ground