A Nepali passion for cricket

For Those who love Nepalese Cricket

दक्षिण एसियाली भ्रमण सुरु हुने

Posted by Prabin the सोभित on Wednesday, March 12, 2008

राजेन्द्र ज्ञवाली (कान्तिपुर, 2008-03-12)

काठमाडौं, फागुन २८ - नेपाल क्रिकेट संघ (CAN) ले क्रिकेट विकासका लागि दक्षिण एसियाली राष्ट्रहरूसँग मिलेर विशेष कार्यक्रम थालनी गर्ने भएको छ । त्यसअनुसार नेपालका उमेर समूह र राष्ट्रिय टिमले दक्षिण एसियाली मुलुकको भ्रमण गर्नुका साथै त्यहाँका टिमलाई निम्त्याउनेछ । ‘तीन वर्षम्मका लागि बंगलादेशसँग यो सुरु भइसकेको छ भने अन्य मुलुकसँगको वार्ता पनि अन्तिम टुंगो छ,’ क्यान अध्यक्ष विनयराज पाण्डेले मंगलबार भने।

उनले त्यही कार्यक्रमअनुसार मलेसियामा सम्पन्न युवा विश्वकपअघि नेपाली यू १९ टोलीले बंगलादेश भ्रमण गरेको बताए । ‘त्यही अनुरूप बंगलादेशले पनि आफ्नो युवा टिमलाई निकट भविष्यमै पठाउनेछ ।’

नेपाल विश्वकप क्रिकेटका लागि हुने छनोट खेलको तयारीमा लागेको हुनाले वरिष्ठ खेलाडी सम्मिलित टिम पठाउन अनुरोध गरिएको उनले बताए । कार्यक्रममा नेपालले १७ र १९ वर्षुनिका खेलाडी सम्मिलित टिम साथै राष्ट्रिय टोलीलाई सहभागी गराउनेछ । बंगलादेशले राष्ट्रिय टोलीका स्थानमा ‘ए’ टिम पठाउने पनि पाण्डेले बताए ।

‘टिम पठाउनेबारे बंगलादेशले एक दुइ दिनमै निर्णय गर्नेछ,’ उनले भने । उता त्यस्तै किसिमको कार्यक्रमबारे श्रीलंकासँग पनि भएको सहमति अन्तिम टुंगोमा पुग्न लागेको उनले बताए । श्रीलंका तयार भए बंगलादेशलाई पनि सम्मिलित गर्राई त्रिकोणीय प्रतियोगिता आयोजना गरिने सम्भावना रहेको उनले बताए ।

‘श्रीलंका बोर्ड पनि यस सम्बन्धमा निकै सकारात्मक देखिएको छ,’ पाण्डेले भने । पाकिस्तानसँग वाषिर्क तालिकाअनुसारको कार्यक्रमबारे छलफल भइरहेको जानकारी उनले गराए । ‘यस सम्बन्धमा अन्तिम टुंगो पाकिस्तानमा हुने बैठकमा गरिनेछ,’ मार्च १९ मा पाकिस्तान जाने तयारी गरेका पाण्डेले भने ।

त्यस्तै भारतको हकमा नेपालले त्यहाँका क्षेत्रीय टिमहरूसँग आफ्नो सम्बन्ध विस्तार गर्ने उनले बताए । ‘भारतीय क्रिकेट नियन्त्रण बोर्ड (BCCI) निकै ठूलो एवं व्यस्त संस्था भएको एवं भारतका क्षेत्रीयस्तरका टिमको स्तर पनि राम्रो भएकाले नेपालका लागि तीनै टिमसँग हातेमालो गर्दै गए राम्रो हुने सुझाव आएको छ ।’

निकट भविष्यमा नै भारतीय क्रिकेट अधिकारीहरूलाई भेट्ने कार्यक्रम रहेको बताउदै पाण्डेले भने । बंगलादेशसँगको भ्रमण आदानप्रदानमा जाने आउने खर्च टिमले आफैं बेहोर्ने र बस्नेखाने जिम्मा आयोजक संस्थाले लिने सहमति भएको उनले बताए ।

नेपाली टिम बंगलादेश जाँदा प्रत्येक खेलाडीलाई त्यहाँको बोर्डले दैनिक २५ अमेरिकी डलर उपलब्ध गराएको बताउँ उनले भने, ‘क्यान त्यो खर्च बेहोर्ने स्थितिमा नभएकाले नेपाल आउँदा पनि त्यो जिम्मेवारी उनीहरूलाई लिन अनुरोध गरेका छौं ।’ यो कार्यक्रमले नेपाली क्रिकेटको विकासमा ठूलो सहयोग पुर्‍याउने पाण्डेले बताए ।

‘यसबाट नेपालका उमेर समूहदेखि राष्ट्रिय टोलीसम्म सक्रिय हुनेछन् ।’ नियमित हुने प्रतियोगिताले नेपाली क्रिकेटको स्तर वृद्धि हुनुका साथै खेलले पनि व्यापकता पाउने बताउँदै उनले भने । उता यो कार्यक्रम नेपाली क्रिकेट विकासमा कोसेढुङ्गो सावित हुने विश्वास पूर्वकप्तान एवं क्यान सदस्य पवन अग्रवालले व्यक्त गरे । ‘नियमित रूपमा अन्तर्रराष्ट्रिय टिमसँग हुने खेलले नेपाली क्रिकेटले कमीकमजोरीलाई केलाउँदै त्यसको निराकरण गर्ने अवसर पाउनेछ,’ अग्रवालले भने ।

One Response to “दक्षिण एसियाली भ्रमण सुरु हुने”

  1. Prabin the सोभित Says:

    नेपालले भौतिक पर्ूवाधार निर्माणमा ध्यान दिने

    कान्तिपुर, 2008-03-26

    काठमाडौं, चैत १२ - अन्तर्रर्ााट्रयस्तरका प्रतियोगिताको आयोजना एवं विभिन्न देशस“ग सम्बन्ध विस्तारका लागि नेपाल क्रिकेट संघ -क्यान) ले देशमा भौतिक पर्ूवाधार निर्माण एवं सुधारमा ध्यान दिने भएको छ ।
    ‘हामीले आगामी नोभेम्बरमा हुने यू-१७ एसिया कप क्रिकेट आयोजना एवं भारत, पाकिस्तान, श्रीलंका र बंगलादेश जस्ता राष्ट्रस“ग हुन लागेको क्रिकेट सम्बन्ध विस्तारलाई ध्यानमा राख्दै भौतिक पर्ूवाधार निर्माण एवं सुधारमा ध्यान दिंदै छौ“ ।’ यसका लागि तीन वर्षो लक्ष्य निर्धारण गरेको जानकारी गराउ“दै क्यान अध्यक्ष विनयराज पाण्डेले भने ।

    उनले उपत्यकाभित्रका मैदानको सुधार दर्ुइ वर्षो लक्ष्यका साथ हुने जानकारी गराए । विशेषगरी नेपालमा हुने भनिए पनि भौतिक पर्ूवाधार राम्रो नभएको भन्दै कुवेतमा सार्ने प्रक्रियामा गएको १७ वर्षुनिको एसिया कप प्रतियोगितालाई हालैको एसीसी बैठकमा मैदानमा सुविधा वृद्धि गर्ने र्सतमा फिर्ता पाएको मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले जानकारी गराए ।

    त्यसअर्न्तर्गत कर्ीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुविधा थप गर्ने काम सुरु भइसकेको उनले जानकारी गराए । त्यसबाहेक त्रिवि मैदानस“गै रहेको ल्याब स्कुल मैदान, भक्तपुरस्थित वीरेन्द्र सैनिक आवासीय महाविद्यालयको मैदान, मूलपानीस्थित क्यानकै निर्माणाधीन मैदान निर्माण एवं सुधार गरिनेछ ।

    नेपालमा यसअघि भएका अन्तर्रर्ााट्रय प्रतियोगितामा म्याच रेप|mी एवं अधिकारीहरूले मैदानमा पर्याप्त सुविधा नभएको गुनासो एसियाली क्रिकेट काउन्सिल -एसीसी) मा लिखित रूपमा गरेको उनले बताए ।

    कोहलपुरमा नया“ मैदान निर्माण एवं वीरगन्जको मैदानलाई अन्तर्रर्ााट्रयस्तरको बनाइने जानकारी पनि त्यस अवसरमा पाण्डेले गराए । पोखरामा पनि नया“ मैदान निर्माणको योजना रहेको औंल्याउ“दै उनले धरानमा सुविधायुक्त मैदान भएकाले भविष्यमा त्यसलाई विविध प्रयोजनका लागि प्रयोग गर्न सकिने सम्भावना रहेको बताए ।

    उनले बंगलादेशस“ग एक-अर्को देशका टिम भ्रमणका लागि तीन वर्षो कार्यक्रमको तयारी लगभग पूरा भइसकेको बताए । हालै मात्र पाकिस्तानमा सम्पन्न बैठकमा सहभागी हुने क्रममा त्यहा“को बोर्डले पनि १६ वर्षुनिका ‘ए’ टिम र एकेडेमी टोली पठाउने सम्बन्धमा तीन वर्षो कार्यक्रम बनाउन तयार रहेको जानकारी गराए ।

    त्यस्तै श्रीलंका बोर्ड अध्यक्ष अर्जुन राणतुङ्गाले पनि यस सम्बन्धमा सहयोग गर्ने वचन दिएको उनले बताए । उता भारतीय क्रिकेट नियन्त्रण बोर्ड -बीसीसीआई) सदस्य अरुण जेटलीले आफूलाई पत्रमार्फ् सहयोगको आश्वासन दिएको र यसका लागि आउने शनिबार नया“दिल्लीमा उनीस“ग भेट गर्ने जानकारी पाण्डेले गराए ।

Leave a Reply

XHTML: You can use these tags: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>